असार १० गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८१, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असार १० गते सोमबार ई.सं.२०२४ जून २४ नेपाल सम्बत ११४४ तछलागा तृतिया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण तृतिया, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, एन्द्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:०९ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै भागबन्डाको समय छ । विश्वासपात्रले धोका दिनेछन् । व्यवसाय र कृषितर्फ भने लगनशीलताले ठूलो काम बन्न सक्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ । मातापिताका बारेमा चिन्ता बढ्ने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । सोचेभन्दा बढी नै लाभ होला । साझेदारी काममा विशेष फलिफाप मिल्नेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । रचनात्मकता र आरोग्यता बढ्नेछ । आफन्तजनको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): विगतको कामबाट लाभ भएपनि आज तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ । आम्दानी भने बढ्नेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन रमाइलो रहला । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ख्याति फैलिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन बोलीको गलत अर्थ लाग्नाले विवादमा पर्ने सम्भावना छ, सचेत रहनु हितकर हुनेछ । गरिएका कामको उचित प्रतिफल पाइने समय भएपनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । आरोग्यता बढ्नेछ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन बाध्यतापूर्ण काममै समय बित्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन् । तथापि, प्रतिकुलताका बाबजुद आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुने योग छ । अनावश्यक खर्च बढ्ने देखिन्छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रम वृद्धि हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । व्यापारमा पनि राम्रै फाइदा होला । मातापिताको सहयोग प्राप्त हुने योग छ । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिष्ठा कमाउने कामको अवसर आउला । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । तपाईंकोे प्रतिभा अरूले चिन्ने मौका पाउलान् । गुरुजनको विशेष सहयोग जुट्नेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । रसरागमा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन बोलीमा विशेष संयमता अपनाउनु हितकर होला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्न सक्छ, बाधा छिचोल्ने प्रयत्न गर्नु हितकर होला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । रसरागमा रुचि रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । धन आर्जन गर्ने मौका मिल्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ, सचेत रहनुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । लगानी बढ्नेछ । यात्रामा सफलता हात पर्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ । आज शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइने योग छ, सचेत रहनुहोला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् । सामर्थ्य भने विकसित हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्न सक्छ । पठनपाठनमा त्यति समय दिन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने समय छ । तथापि, कर्मबल भने बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सोच्दै नसोचेको काम सम्पादन हुनसक्छ, तर काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले मात्र बन्नेछन् । खर्च बढ्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array