आज मिति वि.सं.२०८१ असार ०८ गते शनिबार ई.सं.२०२४ जून २२ नेपाल सम्बत ११४४ तछलाथ्व पुन्हि, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल पूर्णिमा, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:०९ बजे भयो भने सूर्यास्त साँझ ०७:०२ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिने छ । आर्थिक पक्ष आज सन्तोषजनक रहेला । मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । प्रेममा सफलता मिल्ने योग छ । दामपत्य सुख बढ्नेछ । साझेदारीको काममा सफलता मिल्ला । ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आशा उत्साह वृद्धि होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): साहसी कार्यमा सफलता प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धन कसिने योग पनि छ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । धनलाभ हुनुका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय अलिक चुनौतीयुक्त छ । कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ । गलत विचार बढ्ने र समयमा निर्णय नहुँदा काममा अवरोध आउने, खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, विशेष सावधानी अपनाउनु हितकर हुनेछ । शुभ काममा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापारमा सफलताले मन रमाउने समय छ । व्यस्तता बढ्नेछ । धन कमाउने अवसर मिल्ला । मनमा दुविधा रहे पनि सामाजिक काममा नाम रहने छ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आँटेको काम पुरा भइ धनको लाभ हुन सक्छ । मान–सम्मान मिले पनि मनमा डर रहने छ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पराक्रम वृद्धि र आरोग्यबल बढ्नेछ । दिन सुखमय ढंगले बित्ने देखिन्छ । सिर्जनशील कार्यमा प्रगति हुनेछ । काम बन्नाले मन रमाउला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाईंप्रति रहनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । रसरागमा आकर्षण रहला । विजयश्री प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सोच्दै नसोचेको स्थानबाट लाभ हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । नयाँ मित्रको आगमनले मन प्रशन्न तुल्याउला । सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । हासविलास, खेलकुद, भ्रमणमा आकर्षण बढ्नेछ । मनोकूलको काममा सफलता मिल्ला । नोकरीमा उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन केही चुनौतीयुक्त छ, खासगरी खर्च गर्दा सजगता अपनाउनुहोला । स्वास्थ्यका लागि खानपानमा पनि सचेत रहनु हितकर हुनेछ । कठोर परिश्रमले लक्ष्य पुरा गर्न सकिनेछ । नोकरी र राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्ने येग छ । पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधानतिर उन्मुख हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम मिल्ने योग छ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ भने पुराना साथिसंगीसंग भेटघाटको अवसर जुर्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पाहुना आगमनले पनि खुशी दिलाउने दिन छ । मिठो भोजन प्राप्ति र आरोग्यबल वृद्धि होला । रसरागमा रुचि बढ्नेछ । समयले साथ दिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा होला । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि मित्रजन एवम् परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता हातपर्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ तर आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । स्वास्थ्य सबल रहला । काममा पनि फाइदाको योग छ । घरेलु समस्याले भने सामान्यरूपले सताउन सक्छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । आफन्तजनको सहयोग प्राप्त होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अरूको भर पर्दा काममा धोका हुन सक्छ । आजको दिन स्वास्थ्य पनि बिग्रन सक्छ, सचेत रहनुहोला । समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिँदैन । जोखिम बढ्नेछ । एकतिर सुखसुविधा र विलासितातर्फ मन जाने र अर्कोतिर मानसिक तनावले नकारात्मक सोच पैदा गर्न सक्छ । धैर्य राखेर कदम चाल्नु हितकर हुनेछ । इष्टमित्रको साथ मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढ्नेछ । बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्