असार ०५ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०८१, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असार ०५ गते बुधबार ई.सं.२०२४ जून १९ नेपाल सम्बत ११४४ तछलाथ्व द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल द्धादशी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, सिद्ध योग,बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:०८ बजे भयो भने सूर्यास्त साँझ ०७:०२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सकारात्मक र नकारात्मक दुवैखाले परिणाम दिने प्रकारको छ । सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रागत कार्य पनि त्यति फलदायी नहोला, यात्रामा सावधान रहनु हितकर हुनेछ । बेकारको विवादमा फस्न सकिन्छ, बोली र व्यवहारमा संयमता राख्नुहोला । ब्यापारमा भने फाइदै हुनेछ । रसरागको भाव वृद्धि होला । आफन्त सुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यापारमा गरेको लगानी सन्तोषप्रद रहने समय छ, तर गलत लेनदेनमा समस्या आउन सक्छ । काममा समस्याको सामना गर्नुपर्ला । जागीरमा भने सम्मान पाइनेछ । अरुबाट प्रशंसा पाउनुहोला । मन हर्षित रहनेछ । कुटुम्बका काममा सघाउनु पर्नेछ । प्रेमभाव बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अधुरा काम बन्ने दिन छ । मनमा हौसला बढ्नेछ र त्यसै-त्यसै मन हर्षित भएर आउला । पढाइलेखाइमा प्रगति र ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने योग छ । खुसीको खबर प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । शुभ काममा आकर्षण रहला । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुने योग छ । धैर्यले काम लिनु हितकर होला । पराक्रम वृद्धि हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । आफ्नै बलविवेकले काम राम्रो हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गलत विचार र विवाद बढ्ने अनि काममा अवरोध आइ धनको नाश हुनसक्ने समय छ । स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । पीडा दिनेहरु सक्रिय रहलान् । व्यर्थको खर्च बढ्न सक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन बुद्धिको ठूला व्यक्तिबाट तपाईंको बुद्धि-विवेकको तारिफ होला । नयाँ कामको थालनी हुने समय छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा-मामिलामा पनि विजयी भइनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । सोचेभन्दा बढी नै लाभ हुने योग छ । आफन्तमिलनले सुख दिनेछ । पाहुनाको आगमनले मन हर्षित रहला । रसरागमा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आयबल एवम् आरोग्यबल बढ्ने समय छ । मान महत्व बढ्ला । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिएला । रमणीय र सुखद यात्राको योग छ । ब्यापारबाट सामान्य नाफा होला । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन चुनौतीयुक्त रहला । पढाइलेखाइमा ध्यान दिन सकिनेछैन । मित्र बनेर धोका दिनेहरू आइलाग्नेछन् । अर्थको पनि हानी हुने योग छ । शरीरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पीडा थपिने छ, सजक रहनुहोला । घरेलु समस्याले सताउने छ । यसका बाबजुद कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बोली र व्यवहारबाट अरुको मन जित्न सकिने समय छ । नसोचेको धन लाभ होला । नोकरी तथा राजनीतिमा मान सम्मान पाउने योग छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । आर्थिके लेनदेन पनि खासै राम्रो छैन । आरोग्यता वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव होला । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन व्यापारमा मनग्गे धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् तर आफन्तको सहयोग नमिल्ला । व्यापारमा पाउने सफलता यथावत रहनेछ । साथीभाइसंग भेटघाट पनि होला । नयाँ कामका योजना बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । दाम्पत्य सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array