असार ०४ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०८१, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असार ०४ गते मंगलबार ई.सं.२०२४ जून १८ नेपाल सम्बत ११४४ तछलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल एकादशी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, शिव योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:०८ बजे भयो भने सूर्यास्त साँझ ०७:०१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय अलिक प्रतिकुल रहला । आर्थिक सङ्कटले सताउन सक्छ । अनावश्यक रुपमा कसैसंग विवाद हुनसक्छ । आजको दिन यात्रामा पनि विशेष सावधान रहनु हितकर होला । पति–पत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै लेनदेनको समस्याले सताउनेछ । तथापि, प्रेमपात्रसित भेटघाट हुनाले प्रेमभाव बढ्नेछ । यात्रागत कार्य सफल हुनेछ । आरोग्यता रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता र आरोग्यता बढ्नेछ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा अभिवृद्धि होला । आज नसोचेको सम्मान मिल्ने योग छ । मित्रले प्रशंसा गर्नेछन् । पढाइलेखाइमा सुधार आउला । कुरा काट्नेहरु प्रशंसक बन्नेछन् । नोकरीमा सन्तुष्टि मिल्ने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कामको चाप कम भइ फुर्सदिलो अनुभूति होला । प्रशन्नता मिल्ने दिन छ । आफन्त एवम् मित्रजनसँग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धनलाभ होला । लामो समयदेखि रोकिएका कामहरू बन्नेछन् । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । आरोग्यता र पराक्रम बढ्नेछ । शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक तथा ब्यापारिक कामकाजमा पनि फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । रसरागमा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । खेलकुद र भ्रमण आदिमा रुचि बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अन्य दृष्टिले समय राम्रै भएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनुहोला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ, होस पुऱ्याउनुहोला । हातहतियारको प्रयोग गर्दा विशेष सचेत रहनु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विभिन्न अवसरले पछ्याउने समय छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो बन्नेछ । परिवारसँग आत्मीयता बढ्नेछ भने अर्थलाभको योग छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । रसराग खेलकुद आदिमा रुचि बढ्नेछ । यात्रा सफल बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नसोचेको काम बन्ने दिन छ । भेटघाट र मनोरञ्जनमा समय बित्ला । मिष्ठान्न भोजनको योेग रहेको छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । गरेको कामबाट फाइदा नै हुनेछ । मान मिल्ला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । आयबल वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मनमा रहेको डर हटेर काममा उत्साह बढ्ने तथा फुर्सदिलो अनुभूति हुने समय छ । अनुकूल यात्राको सम्भावना छ । प्रयत्न गर्दा मौकाको विशेष फाइदा लिन सकिनेछ । कर्मबल र मान महत्व बढ्नेछ । कठोर मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ । रोकिएको काम अघि बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय त्यत्ति अनुकुल देखिन्न । श्रमअनुसारको प्रतिफल प्राप्त गर्न मुस्किल पर्ला । सञ्चित रकमबाट केही खर्च हुने योग छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ भने घरायसी समस्या पनि आउला । बौद्धिक कार्य भने बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन जोखिमप्रति विशेष सचेत रहनुपर्ला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने योग छ । अरुको काम धेरै गर्नु पर्ला । खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउने सक्छ । कुरा काटनेहरु बढ्नेछन, सावधान रहनुहोला । दौडधुपका बीच दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): काम र व्यापारमा फाइदा हुने समय छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । सोच्ने शक्ति बढ्ला । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । धन वृद्धि हुने योग छ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिएला । लेनदेनको पक्ष पनि शुभकारी नै छ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्य पनि बलियो छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ । आर्थिक लगानी बढाउन अनुकूल समय छ । परिश्रमले धेरै काम बन्नेछन् । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने योग छ । मनोरञ्जनमा मन जाला । रोकिएको काम बन्नेछ । सभासमारोहमा सम्मानित हुनुहुनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array