असार ०२ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०८१, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि. सं.२०८१ असार ०२ गते आईतबार ई.सं.२०२४ जून १६ नेपाल सम्बत ११४४ तछलाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वरियान योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:०७ बजे भयो भने सूर्यास्त साँझ ०७:०१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । प्रेमभाव बढ्नेछ । तथापि, आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ भने जागिरमा पनि अल्छीपन छाउन सक्छ । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, सचेत रहनुहोला । दाम्पत्यसुख बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा कार्यले मूर्तता पाउनेछ । पढाइलेखाइमा भने खासै मन नजाला । सोचेका तथा योजना बनाएका काम आज पूरा नहुन सक्छ, तर हानी नै पुग्ने अवस्था भने होइन । घरमा पाहुना आगमनको योग रहेको छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने दिन छ । आरोग्यता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । काममा साथ सहयोग पनि पाइनेछ । प्रायः सबै कामहरू बन्नेछन् र, आयआर्जन वा आर्थिक लाभ पनि होला । आम्दानीको नयाँ स्रोत फेला पर्ने योग छ । ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । मान महत्व र आरोग्यता बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ । स्वास्थ्यमा पनि केही कमजोरी अनुभव हुन सक्छ । यदि वैदेशिक कार्यमा कुनै प्रयास गरिरहनुभएको छ भने आजको प्रयास ब्यर्थ हुन सक्छ । विवाद बढ्ने, सामाजिक मर्यादामा सकमी आउने योग रहेकोले धैर्य वा संयम राखी कार्य गर्नु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिवारजनका आकांक्षा पूरा गर्न सकिने समय छ । आज कसैबाट विशेष समर्थन एवम श्रीप्राप्तिको योग छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन मिल्ला । रुपैयाँपैसा लाभ हुने देखिन्छ । रसरागको भाव वृद्धि होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परिवारबाट सुखको अनुभूति हुनुका साथै अनौठो तरिकाबाट धनलाभ हुनसक्ने समय छ । धन कमाउने बाटाहरुको थालनी हुने योग छ भने सोचेका काममा सफलता मिल्नेछ । दिन खुशीसाथ बित्नेछ, परिवारमा पनि सुखको माहोल बन्ला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तानसुख प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्न देखिन्ेछ । रमणीय र सुखद यात्राको योग पनि छ । आजको दिन परिवारमा खुशीको माहोल छाउला । पुराना साथीसँगको भेटघाटले मन हर्षित होला । आयबल वृद्धि हुनेछ । विलासी काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन खासै सुखद् नरहला । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । भौतिक साधनमा क्षति पुग्न सक्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यावस्था पनि कमजोर रहेको अनुभूति होला । तथापि, कठोर मिहिनेतले काममा आंशिक सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । शत्रुपक्ष परास्त होलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन सोचेअनुसार काम सम्पन्न नहोला तर नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । महत्वपूर्ण कार्यमा बाधा आइपरेपनि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने योग छ । अरुको काममा धेरै समय खर्च गर्नुपर्ला । मिहेनतअनुसार फल भने थोरै मिल्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । बन्दव्यापारबाट लाभ मिल्ला । स्वास्थ्य सवल रहनेछ । नयाँ काममा ध्यान दिए मान–सम्मान मिल्ने योग छ । दौडधुपका साथै कर्मबल बढ्नेछ । परिवारिक सुख बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन शुभदायी छ । नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ । साथै ब्यापार–ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । काम गर्न जाँगर चल्नाले खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ होला । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन त्यति सुखद नरहला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि रहला । हातहतियारबाट जोग्गिएर काम गर्नु हितकर हुनेछ । कुरा काट्नेहरु बढ्ने र ठूला व्यक्तिबाट आलोचना हुने योग छ । कसैसंग वादविवादको पनि सम्भावना छ, धैर्य राख्नुहोला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array