असार ०१ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०८१, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असार ०१ गते शनिबार ई.सं.२०२४ जून १५ नेपाल सम्बत ११४४ तछलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल नवमी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, व्यतिपात योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:०७ बजे भयो भने सूर्यास्त साँझ ०७:०१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । केही नयाँ काम थाल्दै हुनुहुन्छ भने उचित समय छ । धार्मिक एवम् सामाजिक कामको सहभागिताबाट मन रमाउनेछ । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमय रहला । आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्य सफल रहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मान महत्वका साथै पराक्रम वृद्धि हुनेछ । साथीभाइसँगको छलफलले धनलाभको बाटो खुलाउने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ होला । आजको दिन परिवारमा भने सामान्य विवाद हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । काममा आफन्तको सहयोग रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन त्यति अनुकुल नरहला । काममा बाधा आउनुका साथै आर्थिक हानी हुने योग छ । स्वास्थ्यसम्बन्धी समस्याले खर्च गराउन सक्छ, ध्यान राख्नुहोला । आलस्यपनले सताउला । तथापि, शुभ काममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ, तर आजको दिन जथाभावी खानपानमा परहेज राखेकै राम्रो ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मनमिल्ने साथीसंगीसँगको भेटले आनन्द दिलाउला । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । आरोग्यता बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन राम्रो छ । गरेको परिश्रमको परिणाम सुखद रहला । अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । सुखद यात्रा होला । आज चिताएको काममा सफलता पाइनेछ । मित्रजनबाट साथ–समर्थन पनि पाइएला । पुराना साथीसंगको भेटघाटले मन रमाउने छ । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लाभदायक यात्राको योग छ तर यात्रा भने कठिनाइयुक्त रहन सक्छ । आजको दिन परिवारमा हल्का विवादको योग छ, संयम व्यवहार गर्नुहोला । स्वास्थ्य सामान्य प्रतिकुल रहन सक्छ । समाजिक सम्मान पाउने समय छ । मिठो भोजन प्राप्त हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भौतिक सरसामनको केही क्षति हुने दिन छ । सोचेआनुरुप काम नहुने र बढी खर्चले गर्दा मन अशान्त रहन सक्छ । स्वास्थ्यप्रति पनि विशेष सचेत रहनुपर्नेछ । आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको अनि बेकामको क्षेत्रमा खर्च हुन सक्ने योग रहेकोले सावधान रहनुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बन्दैन भन्ने ठानिएको काम पनि तपाईंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तजनको सहयोग प्राप्त होला । बिग्रेको प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव भने रहन सक्छ । सोचेको काम पुरा नहुन सक्छ । बिहानीपख सुखको अनुभव भएपनि बेलुकी काममा जाँगर नलाग्न सक्छ । स्वास्थ्यमा सुधार आइ आरोग्यबल बढ्नेछ । समयले साथ दिने नै छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नचिताएको टाउबाट आम्दानी हुने दिन छ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु हितकर होला । अध्ययन–अध्यापनमा भने आज खासै प्रगति नहोला । आम्दानीका बाटाहरु खुल्नेछन् । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने समय छ। रसरागमा आकर्षण बढ्नेछ । यात्रा सफल रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अधुरा कामहरु पनि बन्ने र गरेका कामहरु सफल हुने समय छ । कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुनेछ । आजको दिन खर्च भने केही बढ्नेछ । परिवारमा आर्थिक समस्याले सताउन सक्छ । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । प्रेमभाव बढ्नेछ । विजयश्री प्राप्त होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामर्थ्य बढ्नेछ तर कसैसँग विवाद वा झगडाको सम्भावना रहेकोले आजको दिन सावधान रहेर बोली र व्यवहार गर्नुहोला । अनावश्यक रुपमा डर लाग्न सक्छ, धैर्य राख्नु हितकर हुनेछ । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । मौनतालाई जोड दिएर समय गुजार्ने प्रयास गर्दा मनमा शान्ति मिल्नेछ । आरोग्यता रहनेछ । सन्तानसुख मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फल दिने समय छ । केहीले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउन सक्छन् । धनलाभ हुने योग छ । राजनीतिमा भएका व्यक्तिको लागि प्रगतिको समय छ । प्रेमभाव बढ्नेछ भने आरोग्यता रहनेछ । शत्रुमाथि विजय प्राप्त होला । मित्रजनसँग सामान्य दूरी बढ्न सक्छ । रसरागमा आकर्षण वृद्धि होला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array