जेठ ३२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०८१, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ ३२ गते शुक्रबार ई.सं.२०२४ जून १४ नेपाल सम्बत ११४४ तछलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ शुक्ल अष्टमी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, सिद्धि योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:०७ बजे भयो भने सूर्यास्त साँझ ०७:०० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन रमाइलोको साथ बित्नेछ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । दाम्पत्यजीवन सुखद एवं समृद्ध रहला । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । अधुरा कामहरु पुरा हुनेछन् । व्यस्तता बढ्नेछ । अनुकूलता वृद्धि हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । महत्वपूर्ण कार्यमा सफलता पाइएला । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । व्यापारबाट राम्रो फाइदा होला । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । यात्रापरक काम बन्नेछ । शारीरिक र आर्थिक कार्यमा राम्रै सफलता मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नु हितकर होला । उपचारका लागि खर्च हुन सक्छ । सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा होला । मेहनतअनुसारको फल नपाइने योग छ । यसका बाबजुद आँट–पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय राम्रो छ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगर वृद्धि होला । आफन्तले सहयोग गर्नाले रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयासअनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अनुकूलता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक एवम समाजिक लाभ मिल्ने समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । काममा जाँगर आउनुका साथै यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्नेछन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । ऐश्वर्व बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । घरपरिवारबाट सुख शान्ति मिल्ला । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने योग छ । आयबल बढ्नेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सोचेअनुरुप काम नहुने समय छ । कामकै पछि लाग्दा पनि परिणाम भने राम्रो हासिल गर्न नसकिएला । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । दिएको पैसा पनि फिर्ता नहुने योग छ । विलासी काममा आकर्षण बढ्नेछ । धनसम्पदा बढोत्तरी हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नयाँ लुगा र मीठा परिकारको आनन्द पनि मिल्नेछ । तर, आजको समय अलमल गराउने खालको छ, काममा मन नजान सक्छ । सोचेअनुसार काम बन्न कठिन छ । परिवारबाट सुख मिल्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पारिवारिक सुख मिल्ने समय छ । आर्थिक कार्य फलदायी हुनुका साथै आत्मबल बढ्नेछ । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा होला । दौडधुप बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धर्मिक कार्यमा संलग्न हुने समय छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने योग छ । पैतृक सम्पतिबाट लाभ हुनेछ । दाम्पत्य सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । दायित्व पूरा गर्नु हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय खासै राम्रो छैन, होस राखेर व्यवहार गर्नुहोला । शरीरिक तथा मानसिक आलस्यता बढ्ने योग छ, हौसला राखेर कर्म गर्नुहोला । अनावश्यक डर, वादविवाद हुन सक्नाले गरेका कामहरु अधुरा रहनेछन् भने स्वास्थ्यले पनि त्यति साथ नदिन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अनुकूलता बढेर रोकिएको काम बन्नेछ । सभासमारोहमा सम्मानित हुने अवसर जुर्ला । काममा बाधा दिनेले खासै प्रगति हुनचाहिँ दिँदैनन्, तथापि खास हानी भने पु¥याउन सक्ने छैनन् । घर–परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने योग छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । आफन्तको साथ कमै मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array