जेठ ३० गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० जेष्ठ २०८१, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ ३० गते बुधबार ई.सं.२०२४ जून १२ नेपाल सम्बत ११४४ तछलाथ्व षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ शुक्ल षष्ठी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, हर्षण योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे भयो भने सूर्यास्त साँझ ०६ः५९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । परिश्रमअनुसार आर्थिक उपार्जनमा सुधार आउला । मंगलमय कृत्य सम्पादन गर्ने बेला छ । नयाँ काममा हात हाल्न सकिनेछ । पराक्रम बढ्ला । दामपत्यसुख बढ्नेछ । आरोग्यता रहला । अनुकूलता वृद्धि हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अलिक बाध्यताका काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । प्रेमको बन्धन कसिएला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । तथापि, परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयभाव बढ्नेछ । कृषि तथा पशुपालनमा खर्च बढ्ला । मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्धहरूमा सुधारको अवसर मिल्ने योग छ । आरोग्यता र सुख बढ्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्य सफल हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । व्यापारमा कमैमात्र फाइदा होला तर पशुपालन तथा कृषिक्षेत्रमा रहनेलाई राम्रो लाभ मिल्ने योग छ । लगानीका साथै सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण रहला । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग रहेकोले विशेष सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्न सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । मिठो भोजन प्राप्त होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । यात्राको योग छ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । सामान्य खर्च बढ्ला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पठन–पाठनमा प्रगति हुनेछ । भाग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दौडधुप तथा सक्रियता बढ्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । वैदेशिक यात्रा पनि लाभदायी हुन सक्छ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुख वृद्धि होला । आरोग्यता बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रतिष्ठित काम गर्ने मौका मिल्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाइएला । काममा मातापिताको सहयोग प्राप्त होला । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सामर्थ्य बढ्नेछ तर आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् तर, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । इष्टदेवको पूजा-उपासना गर्नाले फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आरोग्यता र सामर्थ्य बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी हुने मौका मिल्ला । आर्थिक अभावले भने अलिक सताउनेछ । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । वार्तामा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array