जेठ २८ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ जेष्ठ २०८१, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ २८ गते सोमबार ई.सं.२०२४ जून १० नेपाल सम्बत ११४४ तछलाथ्व चतुर्थी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ शुक्ल चतुर्थी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, ध्रुव योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे भयो भने सूर्यास्त साँझ ०६ः५९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सहयोगीहरूको मद्दतले काम सहजै सफल हुने देखिन्छ । घरमा सामान्य मनमुटाव भएपनि जीवनसाथीबाट पाइनेछ । मान महत्व वृद्धि हुनेछ । घरेलु काममा आकर्षण बढ्ला । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सावधान रहनुहोला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सन्तानबाट लाभ र सुख मिल्ने तथा दीर्घकालीन योजनाहरू सम्पादन हुने समय छ । प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्ला । तथापि, बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउन सक्ने योग छ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढेपनि प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । आरोग्यता रहला । आफन्त एवम् पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने समय छ । सन्तान, समर्थक या अनुयायी र मातृशक्तिको सल्लाह-सहयोगले काममा फाइदा हुन सक्छ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्ला । आयआर्जनका स्रोत बढ्ने योग छ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्य बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने समय छ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । यात्रा फलदायी बन्नेछ भने काममा उत्साह जाग्नेछ । आयआर्जनका थप स्रोत भेटिने योग छ । व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्चसमेत हुनेछ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय केही चुनौतीयुक्त रहला । विश्वासपात्रले धोका दिने तथा सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ भने मातापिताका बारेमा चिन्ता बढ्ने योग छ । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला । विगतका निर्णयले काम बिग्रन सक्छ । तथापि, कर्मबल र साहस बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । यात्रागत कार्यमा सफलता मिल्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । सामाजिक प्रतिष्ठामा कमी आउने योग रहेकोले सचेत भइ कव्यवहार गर्नु हितकर होला । अपयशको सम्भावना छ । आर्थिक अभावले पनि सताउने सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सावधान रहनुहोला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन शुभदायी छ । परोपकारका काम सम्पादन गरिने र मानसम्मान मिल्ने समय छ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर्कशक्ति बढ्ला । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । साझेदारीमा फाइदा हुनेछ भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । यशवर्चश्व बढ्नेछ । विलासी काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बौद्धिक कार्यमा सफलता मिल्नुका साथै लेखाइपढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्ने योग छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइएला । आरोग्यपन वृद्धि होला । रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । केही खर्च बढ्न सक्छ, योजना र बजेट बनाएर मात्र खर्च गर्नु उपयुक्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय खास अनुकुल नरहला । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्ने समय भएपनि धन आर्जनको अवसर जुट्ने योग छ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ । काम बिग्रने भयले सताउला । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय अनुकूल देखिन्छ । कर्मबल र साहस बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता वृद्धि हुनेछ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ भने बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु हितकर होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आरोग्यता र पराक्रम बढ्नेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । आलोचकहरू प्रशंसा गर्न थाल्नेछन् । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता प्राप्त होला । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array