जेठ २७ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८१, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ २७ गते आईतबार ई.सं.२०२४ जून ०९ नेपाल सम्बत ११४४ तछलाथ्व तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ शुक्ल तृतीया, चन्द्रमा मिथुन राशिमा पुनर्वसु नक्षत्र, वृद्धि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:०७ बजे भयो भने सूर्यास्त साँझ ०६:५८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): स्वास्थ्यमा मौसमी समस्याको प्रभाव पर्न सक्छ, सावधान रहनुहोला । साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ, तर खर्च लागे पनि कामको प्रयत्न सफल होला । परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने तथा सम्पत्ति आर्जन हुने योग छ । सामाजिक प्रतिष्ठा र मानसम्मान पाइएला । आत्मीय साथीभाइको साथ प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): बुद्धिको उपयोगले काम लिने समय छ । विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । आरोग्यता रहनेछ । आफन्तजन सहयोगी हुनेछन् । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): भाग्य बलियो रहनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण होला । व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएको काम बन्नाले उत्साह जाग्ने समय छ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ तर शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आफ्नै बल विवेकले आयबल बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी समय छ । अस्वस्थताका बीच कामको बोझ बढ्ला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी वा पिकनिक समारोहमा सहभागी हुने योग छ । कर्मयोगमा अभिवृद्धि होला । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । आरोग्यताका साथै रसरागमा आकर्षण बढ्नेछ । विजयश्री प्राप्त होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । रचनात्मक काम गरेर अवस्थामा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनु हितकर होला । एक्लोपनाको अनुभूति हुन सक्छ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्, सावधान रहनुहोला । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दीर्घकालीन काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आस मारेको काम बन्नाले उत्साह बढ्ला । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । तथापि, पारिवारिक समस्याहरू देखा पर्न सक्छ, ध्यान राख्नुहोला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाको भ्रमणका बीच मानसम्मान पनि प्राप्त होला । स्वास्थ्यप्रति ध्यान राख्नुहोला । रसरागमा रुचि बढ्नेछ । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य होला । स्वास्थ्यमा सुधार आउला । यात्रामा सफलता हात पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रोकिएका काम सुरु हुनेछन् तर मानसम्मानमा चोट पुग्न सक्ने समय छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । बोली-व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिएला । सन्तानबाट सुख मिल्ने योग छ । आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आँटेका काम बन्नाले जोश-जाँगर बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । ठूलो लगानीबाट कममात्र फाइदा हुने योग छ, तथापि साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । अनुकूलता बढ्नेछ । सन्तानसुख रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् । तर, परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार होला । ऋण रोग र शत्रु माथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array