आज मिति वि.सं.२०८१ जेठ २४ गते बिहीबार ई.सं.२०२४ जून ०६ नेपाल सम्बत ११४४ बछलागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण औंसी, चन्द्रमा वृष राशिमा रोहिणी नक्षत्र, धृति योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५:०७ बजे भयो भने सूर्यास्त साँझ ०६:५७ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आयआर्जनको दृष्टिले आजको दिन राम्रो छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको सही सल्लाह आउने देखिन्छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना पनि रहेको छ । आफन्तमिलनले सुख दिनेछ । मन हर्षित रहला । रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काममा सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्नेछ । रमणीय तथा सुखद यात्राको योग छ । धनलाभ होला, विशेषतः कृषिको कामबाट राम्रो लाभ होला । कामहरू सजिलै बन्नेछन् । आय बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान होला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्मबल बढ्नेछ तर स्वास्थ्यगत समस्या सिर्जना हुने र मनमा पीडा हुने समय छ, धैर्यताका साथ व्यवहार गर्नुहोला । धनमाल हराउन सक्छ । अरूको भर पर्दा काममा धोका हुने योग छ । लामोे यात्रा गर्दै हुनुहन्छ भने आजको लागि स्थगन गर्नु हितकर हुनेछ । स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । व्यर्थको खर्चबाट बच्न कोशिस गर्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ, तर आजको दिन रुपैयापैसाको लेनदेन खासै राम्रो नहोला । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । आरोग्यता र सामर्थ्यता भने बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दौडधुप बढ्नेछ । आजको दिन ज्यादाजसो घरायसी काममा बित्ने देखिन्छ । स–साना काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ भने कमाइ पनि सोचेअनुरुप नै हुने देखिन्छ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । धन आर्जनका नयाँ बाटा खुल्ने योग छ । मित्रजनको साथ मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन काममा जोश र जाँगर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला । कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हेला । राम्रो समय चलेकोले कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । दामपत्यसुख बढ्नेछ । समस्याको समाधान मिल्नेछ भने कार्यगति बढ्नेछ । यात्रा सफल रहला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अनावश्यक डर, वादविवादको सम्भावना रहेकोले समय खासै राम्रो छैन, सावधान रहनुहोला । कसैसँग विवाद वा झगडा पनि हुन सक्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलाबाट बच्न विशेष प्रयत्न गर्नुहोला । आरोग्यता भने रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद विलासी काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामाजिक काममा नाम रहने समय छ । ब्यापार तथा जागीरमा दिन ठिकै रहला । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्ने योग छ । मनमा दुविधा रहला । प्रेमभाव बढ्नेछ । परिवारिक सुख मिल्नेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । आजको दिन खुसीको खबर सुन्न पाइएला । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुनेछ भने यात्राको योग पनि रहेको छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अप्रत्याशित लाभ हुने समय छ । अल्झेका कामहरु अरुको सहयोगमा बन्नेछन् । टाढाको यात्राको पनि योग रहेको छ । परिश्रमअनुसार आज उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मन शान्त रहनेछ । पराक्रम बढ्नेछ । परिवारिक सुख बढ्नेछ । मित्रजन र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यर्थको खर्च हुने समय रहेकोले खर्च घटाउने प्रयास गर्नुहोला । स्वास्थ्यको लागि खानामा विशेष सावधान रहनुहोला । परिवारमा समस्या आउन सक्छ । समय राम्रो भएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सजक रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइएला । आज धनलाभको योग छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काममा ढिलै भए पनि सफलता मिल्नेछ । दिन खुशी साथ बित्ने छ । आरोग्यता बढ्नेछ । सभासमारोहमा सम्मानित हुनुहुनेछ । आफन्तको साथ भने कमै मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्