जेठ २३ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ जेष्ठ २०८१, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ जेठ २३ गते बुधबार ई.सं.२०२४ जून ०५ नेपाल सम्बत ११४४ बछलागा चतुर्दशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण चतुर्दशी, चन्द्रमा वृष राशिमा कृत्तिका नक्षत्र, सुकर्मा योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५:०७ बजे भयो भने सूर्यास्त साँझ ०६:५७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन शुभदायी छ । नसोचेको काम बन्ने र अनौठो समाचार सुन्न पाइने समय छ । अर्थलाभका अवसर आउने छन् । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । सोचेभन्दा बढी नै लाभ होला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । सामान्य खर्च बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण रहला । आफन्तसुख प्राप्त हुनेछ । पराक्रम बढ्नेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): यात्रागत कार्यबाट विशेष लाभ हुने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी एवम् मातृसल्लाहमा गरिएको काममा विशेष सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । आयबल बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्मबल बढ्नेछ तर आर्थिक संकट पर्ने र कतै लेनदेनमा विवादसमेत हुन सक्ने समय छ । घरायसी समस्या पनि आउला । पढाइलेखाइमा ध्यान दिन नसकिएला । मित्र बनेर धोकादिनेहरु सक्रिय होलान् । कामको लागि यात्रा गर्दै हुनुहन्छ भने सफलता मिल्ने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गलत विचारहरुले काममा बाधा सिर्जना गर्न सक्छ । समयको बचत कम हुने दिन छ । राजनीतिमा हुनेलाई मान सम्मान मिल्ने योग छ । अरुको मन जित्न सकिने छ, । धनलाभ होला । केही मात्रामा घरेलु समस्यामा अल्झनुपर्ने समय छ । आफ्नै बलविवेकले काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेमको बन्धनमा बाँधिने तथा दाम्पत्य सम्बन्ध सुखद रहने दिन छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि होला । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुन सक्छ । सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख वृद्धि हुनेछ । विजयश्री प्राप्त होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने समय छ । मनोरञ्जनमा भुलिएला । धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् । पढाइमा पाउने सफलता निरन्तर रहने छ । दाम्पत्यसुख बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): लेनदेनको समस्याले सताउनेछ भने शत्रु पनि बढ्ने छन् । ब्यापारमा समेत केही घाटा ब्यहोर्नुपर्ला । सानातिना घरायसी काममा समय खर्च हुने । आजको दिन यात्रामा विशेष सावधान रहनुहोला । कम बोलेर काम निकाल्ने प्रयत्न गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आरोग्यबल र प्रेमभाव बढ्नेछ । शुभ समाचार प्राप्त होला । समयले साथ दिनेछ । तपाईंको कुरा काट्नेहरू प्रशंसक बन्नेछन् । नोकरीमा सन्तुष्टि मिल्ला । लेनदेनमा समस्या आउन सक्ने योग छ । समग्रमा मन हर्षित हुने दिन छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता वृद्धि हुनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्ने दिन छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । मनमा हौसला बढ्नेछ र अधुरा काम बन्नेछ । मन हर्षित भएर आउला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दाम्पत्यसुख एवम् प्रेमसम्बन्धमा सुमधुरता आउने समय छ । स्वास्थ्यस्थितिमा पनि सुधार आउनेछ भने आयआर्जनको स्रोत फेला पर्ला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । कृषिजन्य व्यवसायबाट भने सोचेजस्तो लाभ लिन सकिंँदैन । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग मिल्नेछ । पराक्रम बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय राम्रो चलिरहेको भएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउन सक्ने योग छ, सावधान रहनु हितकर होला । काममा अवरोध आउनाले धननाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा विशेष ध्यान राख्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । सन्तानसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अधुरा कामहरु बन्ने तथा अरुको विश्वास आफूतिर रहने, आफन्तजनको उचित सहयोग मिल्ने समय छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस होला । प्रेमसम्बन्ध सुमधुर रहनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ भन नयाँ कामको थालनी हुने योग छ । आरोग्यता रहला । मनोकूलको काम बन्नेछ । शत्रु माथि विजय प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्