आज मिति वि.सं.२०८१ जेठ २१ गते सोमबार ई.सं.२०२४ जून ०३ नेपाल सम्बत ११४४ बछलागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण द्धादशी, चन्द्रमा मेष राशिमा अश्विनी नक्षत्र, सौभाग्य योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:०७ बजे भयो भने सूर्यास्त साँझ ०६:५६ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन्, टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । विगतको लगानीको प्रतिफल मिल्ने योग छ । स्वास्थ्यमा कमजोरी देखिए पनि अध्ययनमा ध्यान केन्द्रित होला । आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आशा उत्साह बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, व्यक्तिगत गोपनीयतामा ध्यान दिनुहोला । आम्दानीको तुलनामा खर्च अलिक बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ । काममा ढिलासुस्ती हुने योग छ । चोटपटकको सम्भावना रहेकोले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सचेत रहनु हितकर होला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कर्मबल बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नु हितकर होला । बलजफ्ती गर्दा काम बिग्रन सक्छ, सावधान रहनुहोला । सुख शान्ति प्राप्त हुनेछ । प्रयत्न गर्दा मनोकूलको काम बनेर मन प्रशन्न रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दौडधुपका साथै जोखिम बढ्नेछ । प्रतिस्पर्धी परास्त हुने र भौतिक साधन जुटाउन सकिने समय छ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने र प्रेम तथा मित्रताको बन्धन कसिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइने योग छ । नयाँ व्यापार-व्यवसाय विस्तार होला । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउला । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहला । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्ने र नयाँ काममा पनि सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): चाहँदाचाहँदै पनि समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने योग पनिछ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सावधान रहनुहोला । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । तथापि, तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढेपनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । आरोग्यता बढ्नेछ । सुख शान्ति सौभाग्य वृद्धि हुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढ्नेछ । मानसम्मान र आम्दानी बढ्ने समय छ । ब्यापारबाट सोचेभन्दा बढी लाभ होला । नयाँ कार्ययोजना बन्ने र नयाँ कामको सुरुवात समेत हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । आरोग्यबल बढ्नेछ । रसरागमा रुचि रहला । समयले साथ दिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम वृद्धि हुनेछ । बुद्धिको उपयोगले विशेष सफलता मिल्ला । विशेष उपहार हातलागी हुने समय छ । वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र कामकाजमा अवरोध हुने योग छ । हिम्मतले काम लिने प्रयत्न गर्नुहोला । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मन मिल्ने साथीभाइ अलिक टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउने योग रहेकोले संयमतापूर्ण व्यवहार गर्नु हितकर होला । महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिने एवम् विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिएला । वादविवाद र झैझगडाबाट आजको दिन टाढै बस्नु बुद्धिमानी हुनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रतिभा प्रदर्शन गरेर धेरैलाई प्रभावित तुल्याउन सकिनेछ । बुद्धिको उपयोगले विरोधिपक्षबाट जोगिन सकिने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । अस्थायी पेसाबाट राम्रै फाइदा हुने देखिन्छ । इनाम र प्रतिष्ठा कमाउने मौका जुर्न सक्छ । मित्रता र प्रेमको बन्धन कसिएला । खेलकुद, भ्रमणमा आकर्षण बढ्नेछ । भय भ्रम हट्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्