डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोल र एलपी ग्यासको मूल्य यथावत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ बैशाख २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ। त्यस्तै, हवाइ इन्धनको मूल्य वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array