त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो सुन छाडेर एक जना फरार, घटनाको अनुसन्धान हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद गरिएको छ । बुधबार दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद गरिएको हो ।

विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको थियो । प्रहरीको ‘मुभमेन्ट’ देखिएपछि सुन लिएर आएका व्यक्ति सुन छाडेर भागेको हुनसक्ने आशंका गरिएको छ । बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array