पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ।भारतबाट मूल्य बढेर आएका कारण बढाउनुपरेको निगमले सोमबार जारी गरेको विज्ञतिमा उल्लेख छ।

बढेको मूल्य अनुसार अब वैशाख ४ गते विहान १ बजेदेखि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array