दुर्गा प्रसाईँका बडीगार्डलाई तत्काल रिहा गर्न र इजाजत लिएको अत्याधुनिक हतियारबारे छानविन गर्न सर्वोच्चको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँको बडीगार्डहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रामकुमार धिमाल र दीपक खड्कालाई छाड्ने आदेश दिएको हो ।

उनीहरु केही दिनअघि सर्वोच्च परिसरबाट हतियारसहित पक्राउ परेका थिए । उक्त हतियार मेडिकल व्यवसायी प्रसाईँले अनुमती लिएर राखेको थिए । वि एण्ड सी मेडिकल कलेजको मुद्दाको सुनुवाइका क्रममा प्रसाईँसँगै सर्वोच्च पुगेका बडीगार्डद्वयले हतियार पनि सँगै लगेपछि नियन्त्रणमा लिइएको थियो ।

प्रसाईँका बडीगार्डद्वयका परिवारले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल रिहाइका लागि भनेको हो ।

यस्तै सर्वोच्च अदालतले मेडिकल व्यवसायी प्रसाईँले इजाजत लिएको अत्याधुनिक हतियारबारे छानविन गर्न पनि आदेश दिएको छ । प्रसाईँलाई सर्वसाधारणले राख्नै नपाउने प्रकृतीको हतियारको अनुमति दिइएको सर्वोच्चको ठहर छ ।

साथै, अदालत, न्यायिक निकाय र अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिइ प्रवेश गर्न नपाउने कानुनी व्यवस्था अविलम्ब मिलाउन पनि सर्वोच्चले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array