काठमाडौँ – सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पताल लागिएको छ । उनको स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।
नर्भिक अस्पताल उच्च स्रोतका अनुसार महरालाई नर्भिकको इमरजेन्सी वार्डमा राखिएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । परीक्षण पछि कस्तो रिपोर्ट आउँछ त्यसअनुसार भर्ना गर्नेरनगर्ने भन्ने टुंगो लाग्छ, स्रोतले भन्यो, उहाँको स्वास्थ्य अवस्था कमजोर भएपछि इमरजेन्सीमा राखेर उपचार भइरहेको हो ।
सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेस गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा सुनुवाइ भएपछि महरालाई ४ दिन थुनामा राख्न म्याद दिएको हो ।


प्रतिक्रिया दिनुहोस्