त्रिभुवन विमानस्थलबाट एक किलो अवैध सुनसहित भारतीय नागरिक पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

 

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित बिहीबार एक भारतीय नागरिक पक्राउ परेका छन्।

- Advertisement -
Ad imageAd image

पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिए। ‘पक्राउ परेका जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुनसहित पक्राउ गरेका छौँ’, उनले भने, ‘लुगासहित करिब दुई किलो पाँच सय ग्राम छ। निजले दिएको बयान अनुसार सुन मात्रै करिब एक किलो छ।’

पक्राउ परेका जेसन दोहाबाट मुम्बइ हुँदै इण्डिगो एयरलाइन्सबाट आज अपराह्न ४ बजे काठमाडौं आएका प्रहरी वरिष्ठ उपरीक्षक शर्माले बताए। भन्सार जाँच पार गरिसकेपछि शंका लागेको आधारमा निजको खोजतलास गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ।

निजलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुनसहित बुझाएको प्रहरी वरिष्ठ उपरीक्षक शर्माले जानकारी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्