फागुन ०२ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ फाल्गुन २०८०, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन ०२ गते बुधबार ई.सं.२०२४ फ्रेवरी १४ नेपाल सम्बत ११४४ सिल्लाथ्व पंचमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल पंचमी, चन्द्रमा मिन राशिमा, रेवती नक्षत्र, शुभ योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:४२ बजे भयो भने सूर्यास्त साँझ ०५:५३ बजे हुनेछ । आज जन्म लिने बच्चा मिन राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने समय भएपनि रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्, विवेक प्रयोग गरी सफलता हात पार्न सकिएला । रोग र शत्रुमाथि विजय प्राप्त हुने योग छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मनोरञ्जनपूर्ण दिन रहेको छ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कामप्रतिको लगाव पनि अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्ने समय छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । आतिथ्यपूर्ण सम्मान मिल्नेछ । यसका बाबजुद राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन पनि सक्छन्, धैर्यशील भइ व्यवहार गर्नु हितकर हुनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दौडधुप बढ्नेछ । आश मारेको काम सफल भइ उत्साह बढ्ने समय छ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । विद्यार्थीहरूमा चाहिँ पढाइलेखाइको स्तर खस्कन सक्छ । पारिवारिक समस्याहरू देखापर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी रहला । तथापि, परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । यात्रामा सफलता प्राप्त हुनेछ । ख्याति बढ्ने योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । स्वास्थ्यमा भने सामान्य बाधा पर्न सक्छ, सचेत रहनुहोला । विद्यार्थी वर्गका लागि अनुकूल समय छ । रोकिएका काम बन्नेछन् ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता वृद्धि हुनेछ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । तर, आयआर्जनको कमीले ठूलो प्रगतिमा भने बाधा पुग्ला । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका जुर्ला । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्राको सम्भावना देखिन्छ । समाजसेवा र परोपकारका कार्य हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सन्तानबाट फाइदा र सुख मिल्ने समय छ । रोकिएका काम सुरु हुनेछन् । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्न सक्छ, हेक्का राख्नुहोस् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । स्वास्थ्य सामान्य कमजोर रहने, काममा झमेला, आफन्तबीच असमझदारी र झुटा आरोप आइलाग्ने योग समेत रहेकोले सचेत रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता वृद्धि हुनेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय भएपनि आजको दिन धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ला । घरखर्च पनि बढ्नेछ । शिक्षामा प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने योग छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ होला । शत्रु परास्त होलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ । साथीभाइले साथ दिनेछन् भने पढाइमा अनुकूल समय छ । विश्वासमा पारेर धोका दिनेहरूले सताए पनि रोकिएका काम बन्न थाल्नेछन् । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः लाभ नै हुनेछ । आरोग्यता बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिश्रमबाटै घर-जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ । सामाजिक प्रतिष्ठा र मानसम्मान वृद्धि होला । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बुद्धिको उपयोग गरेर काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिएला । स्थायी सम्पत्ति जोडिने योग छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ, सावधान रहनु हितकर हुनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय शुभदायी छ । भाग्य बलवान् रहला । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमणको सम्भावना छ । व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल रहला । व्यस्तताका साथै कर्मबल बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्