उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ पुष २०८०, आईतवार
1 Min Read
Aa
L lxdkft l;dsf]6, @) k';M x'Dnfdf ef/L lxdkft . cfOtaf/ ck/fXgaf6 lxpF kg{ yfn]kl5 oxfFsf] hghLjg si6s/ ePsf] 5 . tl:a/M bfg] af]x/f÷/f;;

काठमाडौं – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशभर चिसो बढेकाले त्यसबाट हुन सक्ने असरबाट बच्‍न आवश्यक सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।

- Advertisement -
Ad imageAd image

आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। गण्डकीको उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्