फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य: प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढ्यो खाना पकाउने ग्यासको मूल्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्‍याइएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्यवृद्धि भएको हो।

त्यस्तै, डिजेल तथा मट्टितेलमा ६ रुपैयाँका दरले मूल्यवृद्धि भएको निगमले जनाएको छ। निगमतका अनुसार पेट्रोलको मूल्य पहिलो वर्ग १८२।५, दोस्रो वर्ग १८४ र तेस्रो वर्ग १ सय ८५ लागू भएको छ।

निगमले छुट्याएको वर्ग अनुसार पहिलोमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो रहेका छन्। त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने तेस्रो बर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।

आइतबार बिहान १२ बजेर १ मिनेटबाट सो मूल्य लागू भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array