पेट्रोलियम पदार्थको मूल्य बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेल, मट्टितेल प्रतिलिटर रु एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेल, मट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array