एलपी ग्यासको मूल्यमा भारी वृद्धि, पेट्रोलमा ४ र डिजल-मट्टितेलमा ३ रुपैयाँ मूल्य बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ। निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २ सय ३५ रुपैयाँ बढेको छ।

यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ। यसअघि ग्यासको मूल्य १ हजार ६६० रुपैयाँमा खुद्रा विक्रि हुँदै आएको थियो। गत साउन १६ गते निगमले नै प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको थियो। १ हजार ७ सय ९० मा बिक्रि हुँदै आएको ग्यासको मूल्य १ हजार ६ सय ६० कायम भएको थियो।

यस्तै नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ।

काठमाण्डौमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेलमा प्रतिलिटर १७० पुगेको छ। यसअघि काठमाण्डौमा पेट्रोल १७८ र डिजे/मट्टितेल १६७ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

Array