साउन २८ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०८०, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण २८ गते आईतबार तद्अनुसार सन् २०२३ अगस्त १३ तारिख अधिक श्रावणकृष्णपक्ष द्वादशी तिथि ९ः०१ पर त्रयोदशी तिथि आर्द्रा नक्षत्र १०ः१३ पर पुनर्वसु नक्षत्र वज्र योग गर करण आनन्दादियोगमा ध्वाँक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडांैमा सूर्योदय बिहान ५ः३३ बजेमा भयो र सूर्यास्त साँझ १८ः४२ बजे हुनेछ । प्रदोष व्रत । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आँटेको काममा आज बाधा पुग्न सक्छ । अधिकारका लागि केही संघर्ष हुनसक्ने योग छ । ब्यर्थको खर्च बढ्ने समय भएकोले खर्च नियन्त्रणको प्रयास गर्नु हितकर होला । तथापि, मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मान प्राप्त होला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आश मारेको काम बन्नाले उत्साह जागृत होला । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै आइपरेका समस्या सुल्झाउन सकिनेछ । विशेष मेहनतले आज प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ख्याल राख्नुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, खर्च पनि बढ्नेछ । तर विवेकले परिस्थिति नियन्त्रणमा लिन सकिएला । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ने योग छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चिताएको काम बन्नाले प्रशन्नता मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि फाइदा हुनेछ । काममा अवरोध आउन सक्छ । सन्तान वा अनुयायीको माध्यमबाट काममा लाभ मिल्ला । लगानी बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक काम भने बन्नेछन् । ख्याति फैलिने योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिवारजनको साथले उत्साह जगाउने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्ने योग भएकोले आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु र हितकर हुनेछ । पारिवारिक सुख शांति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्ने समय भए पनि आजको दिन खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ, सचेत रहनुहोला । जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । व्यावसायिक काम पनि सोचेअनुसार अघिबढ्न कठिन पर्ने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुने समय छ । मेहनतको फल प्राप्त होला । परिवारजनका आवश्यकता पूरा हुनेछन्, तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा कष्ट मिल्न सक्ने योग छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । योजना र बजेट बनाइ काम गर्ने प्रयत्न गर्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय शुभदायी छ । विभिन्न सहयोग तथा उपहार प्राप्त होला । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तर, अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई आत्मसात गरेर अघि बढ्ने प्रयत्न गर्नु हितकर हुनेछ । विशेष कार्यमा सफलता प्राप्त होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउने समय छ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): होसियारीसाथ काम लिनुपर्ने समय छ । छरछिमेकमा असमझदारी तथा विवाद उत्पन्न हुन सक्ने योग रहेकोले सावधान रहनुहोला । आर्थिक समस्याले सताउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि विवेक लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिने योग छ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागको भाव बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढ्नेछ । आजको दिन काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुन सक्छन्, तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । आरोग्यता र कर्मबल बढ्नेछ । सामर्थ्य बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्ने समय छ ।

तपाईको दिन शुभ रहोस्

 

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्