साउन १९ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०८०, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० श्रावण १९ गते तद्अनुसार सन् २०२३ अगस्त ४ तारिख शुक्रबार अधिक श्रावणकृष्णपक्ष तृतीया तिथि शतभिषा नक्षत्र शोभन योग वणि करण २ः२५ पर बब करण आनन्दादिमा सौम्य योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२९ मा भयो र सूर्यास्त साँझ १८ः४९ बजे हुनेछ । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तथापि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मित्रभाव वृद्धि हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय उत्साहवर्द्धक रहला । दिन मनोरञ्जनपूर्ण हुने र नयाँ ज्ञान प्राप्त हुने योग छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । व्यापार-व्यवसायमा विशेष लाभ मिल्ला । व्यावसायिक यात्राको सम्भावना छ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक कामको दायित्व बढ्ने दिन छ । श्रमको उचित मूल्यांकन होला । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । तथापि, शत्रुमाथि विजय हुनेछ भने समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । दौडधुप बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ । मातृधनबाट लाभ मिल्नेछ भने विगतका कमी–जोरीलाई सुधार गर्ने अवसर मिल्ला । महत्वाकांक्षी योजना फलीभूत होलान् । आरोग्यता बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । रसरागको भाव जागृत हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात पार्ने मौका मिल्ला । धार्मिक तथा परोपकार जन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): जिम्मेवारी बढ्ने समय छ, तर स्वास्थ्य कमजोर रहला । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्छ, सावधान रहनुहोला । वैदेशिक यात्राको अवसर आउला । आम्दानी बढ्ने र फाइदा उठाउने योग छ । भागदौड वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज आलस्यता जागे पनि प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पनि पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । विशेषगरी कृषि–चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय रहेकोले सचेत रहनुहोला । दाम्पत्य सुख बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । सुखसुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ, तर उत्साहमा कमी आउला । परिवारजनको भरणपोषणमा खर्च बढ्ला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्यजीवन सुखद रहला । मिठो भोजन प्राप्तिको समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ ।समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । परिवारिक भने सुख बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भाग्योन्नतिको समय छ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि काममा सफलता मिल्नेछ । पढाइमा राम्रै प्रगति होला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ । आरोग्यता बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसर पाइने समय भएपनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । चुनौतीका बाबजुद समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग छ । रसरागमा आकर्षण बढ्ला । प्रेमको बन्धन कसिने छ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्