प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तयारी गरिरहेका छन् । प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणको निम्तो आइसकेकाले जाने तयारी गरेको जानकारी दिएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलोपटक औपचारिक भ्रमणमा भारत जाने तयारी गरेका जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिइसकेकाले दुई देशको आपसी समझदारीमा भ्रमणको मिति तय गरिने प्रधानमन्त्री सचिवालय सदस्यले बताएको छ । ‘ भ्रमण गर्ने भए पनि दुई देशको तर्फबाट तयारी गर्नुपर्ने हुन्छ’ ती सचिवालय सदस्यले भने, ‘परराष्ट्र मन्त्रीले आज शपथ लिनुभयो । यो महिनाको अन्तिमसम्म प्रधानमन्त्री ज्यूको भारत भ्रमण हुनसक्छ ।’
प्रधानमन्त्री प्रचण्डले छिट्टै भारत भ्रमण गर्ने भनिए पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा र नजिकिएको उपनिर्वाचनका कारण ढिलाइ भएको सचिवालयका ती सदस्यले बताए । प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले समेत तयारी थालेको छ । आइतबार शपथ लिए लगत्तै परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: