अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, पाँचजनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

वासिङटन – अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

गएको शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरईएमएसए)ले शनिबार जनाएको छ ।

दुर्घटनाग्रस्त विमानमा चालकबाहेक एक परिचारिका, एक चिकित्सा सहायक, एक बिरामी र निजको परिवारका एकजना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि, दुर्घटनाको कारण स्पष्ट भएको छैन ।

निरन्तरको हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ । क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ । शनिबार साँझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीविहीन थिए ।

एएफपी

प्रतिक्रिया दिनुहोस्

Array