काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन अझै नराम्रो अवस्थाको सामना गर्न तयार हुनुपर्ने बताएका छन् । युक्रेनबाट पोल्यान्ड पुगेका बाइडेनले मंगलबार राति सम्बोधन गर्दै रुससँगको युद्धको नराम्रो अवस्थाको सामना गर्नका लागि किभ तयार रहनुपर्ने बताएका हुन् ।
उनले युक्रेनलाई आफूहरूको सहयोग जारी रहने पनि बताएका छन् । तर, युक्रेन आफैँले लड्नुपर्ने उनको भनाइ छ ।
उनले युक्रनीहरूलाई देशभक्त नागरिकका रूपमा व्याख्या गरेका छन् ।
बाइडेनले रुसमाथि थप प्रतिबन्ध लगाउने पनि बताएका छन् । अमेरिकासहितको गठबन्धनले रुसमाथिको थप प्रतिबन्ध चाँडै घोषणा गर्ने उनले बताए ।
रुसले गरेको मानवताविरुद्धको अपराधका लागि आफूहरू एक ठाउँमा रहेको बाइडेनको भनाइ छ ।
बीबीसी


प्रतिक्रिया दिनुहोस्