आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– २०७९ माघ ०७  गते बिहीवार, २१ जनवरी २०२३
मेष
अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। बाध्यात्मक परिस्थितिले काम रोकिनेछ।

वृष
समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्। स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला।

मिथुन
लगानी बढाउनुपरे पनि नयाँ व्यवसाय थालनी हुनेछ। रमाइलो यात्रा हुनेछ भने मानसम्मान पनि पाइनेछ।

कर्कट
स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

सिंह
काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।

कन्या
आफन्त र साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुपर्ला। बिना योजना काम थाल्दा दुस्ख पाइनेछ। अरूको मुख ताक्ने बानीले काममा पछि परिनेछ।

तुला
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

वृश्चिक
आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

धनु
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ।

मकर
भैपरी आउने समस्यामा समय बित्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। उठेको रकम खर्च हुनेछ।

कुम्भ
आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मीन
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा पनि प्रगति हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Array