आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०७९, बुधबार
4 Min Read
Aa

काठमाडौं–
२०७९ माघ ४ गते बुधवार,
मेष
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ।

वृष
खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।

मिथुन
अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। हिम्मत गर्दा अप्ठ्यारो स्थितिमा पनि काम सम्पादन हुनेछ। बुद्धिको उपयोगले उपलब्धि जोगाउन सफल भइनेछ।

कर्कट
सुरुमा कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि काममा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ।

सिंह
हिस्सेदारसँग असमझदारी बढ्नेछ। साइनो गाँसी नजिकिनेहरूले धोका दिनेछन्, सजग रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला।

कन्या
परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। महत्वाकांक्षी काम रोकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। आलस्य त्यागेर मिहिनेत गर्दा काम बन्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला।

तुला
समाजमा आफ्नो प्रभाव कमजोर बन्नेछ। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। नयाँ योजना कार्यान्वयन गर्न निकै मिहिनेत गर्नुपर्ला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।

वृश्चिक
महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्व आकर्षित तुल्याउन सकिनेछ। तर, बेसुरको अलमलले काम रोकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

धनु
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउला।

मकर
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी पनि बढ्नेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा मनग्य रकम हातलागी हुनेछ।

कुम्भ
पारिवारिक मतभेदले चिताएका काममा बाधा पर्नेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। अरूका काममा समय बित्न सक्छ। तापनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।

मीन
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। स्वास्थ्य भने कमजोर रहनेछ, सावधान रहनुहोला।

प्रतिक्रिया दिनुहोस्

Array