काठमाडौं–
हिउँद लागेपछि अन्य ठाउँभन्दा काठमाडौँ उपत्यकामा पछिल्ला केही वर्षदेखि प्रमुख समस्याका रूपमा वायु प्रदूषण देखिँदै आएको छ । यो वर्षको मनसुन सकिएपछि पानी खासै परेको छैन वायु प्रदुषणले गर्दा दिउसो नै आकस साझ परेजस्तो र केहि श्वास फेर्न ग्राहो भएजस्तो हुने सम्भावना यो वर्ष पनि छ । यस्तो मौसममा बच्चाबच्चि र वृदबुद्धाहरुलाई विषेश ग्राहो हुने गर्छ ।
बेलाबेलामा आकाश धुमिल भएको छ। वायु प्रदूषण खतरा तथा जोखिमको तहसम्म पुगेको पनि छ। चासो र चिन्ता पनि व्यक्त भए पनि समस्या समाधानका लागि प्रभावकारी प्रयास भएको चाहिँ छैन।
नेचरमा प्रकाशित प्रतिवेदनले वायु प्रदूषणका कारण भ्रूणसम्मै जोखिममा पर्ने बताएको केही हप्तापछि प्रकाशित भएको विश्व बैंकको प्रतिवेदनमा मानव स्वास्थ्यमा प्रदूषणको प्रभाव घातक रहेको उल्लेख गरिएको छ।
साथै विश्व बैंकको प्रतिवेदनमा दक्षिण एसियामा वायु प्रदूषण अति खराब रहेका विश्वका १० शहर मध्ये ९ शहर पर्ने उल्लेख छ। काठमाडौँसहितका यी प्रदूषित सहरमा वायु प्रदूषणका कारण हरेक वर्ष करिब २० लाख मानिसको मृत्यु हुने गरेको छ। त्यसको आर्थिक क्षति पनि ठूलो हुने प्रतिवेदनमा उल्लेख छ।
मानवीय क्षति र त्यसले निम्त्याउने आर्थिक सामाजिक नोक्सानी कम गर्ने उपाय रहेको तर त्यसका लागि स्वच्छ वायु अनिवार्य रहेको जनाइएको छ। ‘आर्थिक रूपमा स्वच्छ वायुको विकल्प प्राप्त गर्न सकिन्छ तर त्यसका लागि यो क्षेत्रका देशहरुले नीतिगत र लगानीका क्षेत्रमा सहकार्य गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ।
जनघनत्व अत्यधिक भएका दक्षिण एसियाका सहर, त्यसमा पनि गरिबको बसोबास रहेको क्षेत्रको वायुमण्डलमा मसिना धुलोका कण (पिएम २.५० विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड (पाँच माइक्रोग्राम प्रति घनमिटर) भन्दा २० गुणासम्म बढी रहेको उल्लेख छ ।
विश्वमा ठूलो उद्योग, ऊर्जा केन्द्र र सवारी साधन वायु प्रदूषणको प्रमुख कारक रहेका छन् । तर दक्षिण एसियामा भने कृषि उपजका नल तथा पराल जलाउँदा निस्कने धुवाँ, स्थानीय इट्टा उद्योगहरू, साना उद्योगबाट हुने उत्सर्जन, खाना पकाउन प्रयोग हुने खनिज इन्धन तथा घाटमा शव जलाउँदा निस्कने धुवाँले वायु प्रदूषणका लागि थप योगदान गर्ने गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष मार्टिन राइसरले भनेका छन्, ‘वायु प्रदूषणको लगातार खतरनाक स्तरले दक्षिण एसियामा ठूलो जनस्वास्थ्य संकट निम्त्याएको छ जसले तत्काल कदम चाल्न माग गर्दछ।’


प्रतिक्रिया दिनुहोस्