आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa
RASHIFAL

२०७९ कार्तिक ३० बुधवार, २०२२ नोभेम्वर १६

मेष

- Advertisement -
Ad imageAd image

अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ।

वृष

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्।

मिथुन

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

कर्कट

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला।

सिंह

अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्नेछ।

कन्या

आम्दानी बढ्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदाको योग छ।

तुला

अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ।

वृश्चिक

मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ।

धनु

नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ।

मकर

केही खर्च लागे पनि मनोरञ्जनको समय छ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला।

कुम्भ

परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ।

मीन

स्वास्थ्यमा देखिएको कमजोरीले काममा बाधा हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्