आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

२०७९ कार्तिक २८ सोमवार, २०२२ नोभेम्वर १४
मेष

अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

- Advertisement -
Ad image

बृष

टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ ।

मिथुन

काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघि बढ्नेछ ।

कर्कट

घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

सिंह

प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । शेयर बजारमा गरेको लगानीले नोक्सानी हुनसक्छ ।

कन्या
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन पनि खर्च हुनसक्छ ।
बृश्चिक

कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनु

धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

मकर

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

कुम्भ

राजनैतिक कार्यमा सफलता मिल्नेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन

मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्