२०७९ कार्तिक १३ आइतवार, २०२२ अक्टोवर ३०
मेष
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक कार्यको योजना बन्नेछ । भूमिबाट पनि लाभ रहला ।
मिथुन
आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
सिंह
महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक कार्यमा मन जानेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
तुला
चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
धनु
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि पनि बढ्नेछ ।
कुम्भ
अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता पनि सफलता पनि मिल्न सक्छ ।
बृष
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।
कर्कट
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ, तर नियमित खर्च बढ्नसक्छ ।
कन्या
स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम बिग्रिनेछ ।
बृश्चिक
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शेयर बजार र आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
मकर
शरीरमा स्फूर्ति र उमङ्ग कमी आउनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु पनि उपलब्धीमूलक हुनेछैन ।
मीन
आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्