मोटरसाइकल ग्यारेजमा आगलागी, ३२ वटा मोटरसाइकल जले

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – चितवनको रत्ननगरस्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका-१ सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टसमा आज बिहान ३ :५० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलले बिहान ६ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट नयाँ पुराना गरी ३२ वटा मोटरसाइकल जलेका छन् । नयाँ १२ वटा र पुराना २० भन्दा बढी मोटरसाइकल जलेर क्षति भएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

तिहारमा बालिएका बत्तीबाट विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array