काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफू चुनाव नलडेको बताएका छन्। काठमाडौं ७ मा आज भएको कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन ।
“अब हामीले नयाँ पुस्तालाई विस्तारै अगाडि ल्याउनुपर्छ। ५ वर्ष स्थिर सरकार र विकास तथा समृद्धि दिनुपर्छ,” ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्न मैले चुनाव नलडेको हुँ। कांग्रेस-माओवादी-एकीकृत समाजवादीका नेताहरूलाई जानकारी गराएरै चुनाव नलडेको हुँ।’
नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि पनि आफूले चुनाव नलडेको उनको भनाइ छ। भट्टराईले राजनीतिमा युवा पुस्ता आउनुपर्ने पनि बताएका थिए। यहाँ भट्टराईकी छोरीसमेत रहेकी समाजवादीकी नेता मानुषी यमी भट्टराई सत्ता गठबन्धनकी साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छिन्।
भट्टराईले सत्ता गठबन्धनलाई मंसिर ४ को चुनावमा जिताएर फेरि पाँच वर्ष स्थिर सरकार बन्ने अवस्थामा लैजानुपर्ने बताए। उनले निर्वाचिन जितेर सुशासन र समृद्धिका लागि काम गर्नुपर्ने पनि बताएका थिए।


प्रतिक्रिया दिनुहोस्