आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

२०७९ असोज २९ शनिवार,

मेष

- Advertisement -
Ad image

प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।
मिथुन

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

सिंह

वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

तुला

मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला ।

धनु

मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कुम्भ

आम्दानीभन्दा खर्च ज्यादा हुन सक्ने हुन्छ । टाढाको यात्रा पनि नगर्नु नै राम्रो हुनेछ ।

बृष

धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

कर्कट

लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

कन्या

स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

बृश्चिक

मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

मकर

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

मीन

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्