बर्खास्तीका लागि चार मन्त्रीको नामावली राष्ट्रपति कार्यालयमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – बर्खास्तीका लागि चार मन्त्रीको नाम राष्ट्रपति कार्यालय पुगेको छ । प्रशासन विशेष स्रोतका अनुसार गठबन्धन तोडेका जसपाका चारजना मन्त्री बर्खास्तीका लागि प्रधानमन्त्रीले राष्ट्रपति कहाँ नामावली पठाएको हो ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादव सरकारमा सहभागी छन् ।

- Advertisement -
Ad imageAd image

सत्ता गठबन्धनसँगको चुनावी तालमेलमा सिट बाँडफाँटबारे असहमति जनाएर जसपाले एमालेसँग सहकार्य गरेपछि उनीहरूको पद धरापमा परेको हो ।

०७४ मा पनि तत्कालीन सत्ता सहयात्री दल नेकपा माओवादीले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । अहिले पनि जसपाका मन्त्रीले राजीनामा नदिए सोही परिस्थिति आउने देखिन्छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना भने छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्