समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स एक आपसमा गाभिँदै, शेयर कारोबार रोक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन्।
यी दुई लघुवित्तले एक आपसमा गाभिने (मर्जर) समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यी दुई लघुवित्तले असोज २६ गते, अपरान्ह ५ बजे सो पत्रमा हस्ताक्षर गरेका हुन्।

यससँगै दोस्रो बजारमा यी दुबै लघुवित्तको शेयर कारोबार आज अर्थात असोज २७ गतेदेखि रोक्का गरिएको छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्