नवौँ राष्ट्रिय खेलकुद: फेन्सिङको टिम इभेन्टमा वाग्मतीलाई थप दुई स्वर्ण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा वाग्मती प्रदेशले थप दुई स्वर्ण पदक जितेको छ । बुधबार वाग्मतीले पुरुष टिम फोयल र महिला सेबर टिम इभेन्टमा गरी थप दुई स्वर्ण पदक जितेको हो ।

पुरुष टिम फोयलमा वाग्मतीले त्रिभुवन आर्मी क्लबलाई हराउँदै स्वर्ण पदक जितेको हो । फेन्सिङमा वाग्मतीको यो तेस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनलमा त्रिभुवन आर्मीले रजत पदक जित्दा सुदूरपश्चिम र प्रदेश–१ ले काश्य पदक प्राप्त गरे ।

- Advertisement -
Ad image

महिला सेबर टिम इभेन्ट प्रतिस्पर्धामा पनि वाग्मतीले स्वर्ण पदक जित्न सफल भयो । नेपाली सेनाले रजत पदक जित्यो भने सशस्त्र प्रहरी तथा प्रदेश–१ ले काश्य पदक जिते ।

महिला ईपी टिम इभेण्टको स्वर्ण पदक भने त्रिभुवन आर्मीले जित्यो । आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै स्वर्ण पदक जितेको हो । यस स्पर्धामा प्रदेश–१ र सुदूरपश्चिमले काश्य पदक जिते ।

दुई स्वर्ण पदक जितेपछि वाग्मतीप्रदेश शीर्ष स्थानमा उक्लिएको छ । वाग्मतीले ४ स्वर्ण र एक रजतसहित कुल ५ पदक जितेको छ । आर्मीले तीन स्वर्ण, ५ रजत र ६ काश्यसहित कुल १४ पदक जितेको छ । एपीएफ १ स्वर्ण, ३ रजत र ६ काश्यसहित कुल १० पदकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिमले १ स्वर्ण, २ काश्यसहित कुल ३ पदक जितेको छ । प्रदेश–१ तीन काश्यसहित पाँचौ स्थानमा छ । गण्डकी प्रदेशले १ काश्य पदक प्राप्त गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्