जीटुजीको मल खरिद गर्न पठाइयो प्रस्ताव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी (सरकारदेखि सरकार) प्रणालीमार्फत भारतबाट मल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । कृषि मन्त्रालयले ३० हजार मेट्रिक टन युरिया खरिद गर्नका लागि भारतलाई खरिद प्रस्ताव पठाइएको मन्त्रालयले बताएको छ ।

प्रस्तावअनुसार भारतीय कम्पनीलाई दिने अग्रिम भुक्तानीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले कार्य गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले भारतबाट कात्तिक मसान्तभित्र सो मल आइपुग्ने दाबी गरेको छ।

- Advertisement -
Ad image

यसैगरी चालू आर्थिक वर्षमा एक लाख मेट्रिक टन मलका लागि कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर आह्वान गरेको थियो । त्यसमध्ये ३० हजार मेट्रिक टन युरिया प्राप्त भयो र त्यो धान खेतीका लागि बिक्री वितरणसमेत भइसकेको मन्त्रालयका प्रवक्ता डा प्रकारकुमार सञ्जेलले जानकारी दिएका छन। ४० हजार मेट्रिक टन डीएपी प्राप्त हुने क्रममा रहेको छ । बाँकी ३० हजार मेट्रिक टन युरिया भारतको विशाखापट्नम बन्दरगाहमा प्याकिङ भइरहेको उनले जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत ल्याउने ३० हजार मेट्रिक टन युरिया मल भारतको विशाखापट्नम बन्दरगाहमा रेलमा लोड भइरहेको र असोज ११ गतेसम्म वीरगञ्ज आइपुग्ने बताइएको छ । २७ हजार पाँच सय मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन युरिया मलको खरिद सम्झौता भइसकेको र त्यो मल मङ्सिरको पहिला हप्ता नेपाल आइपुग्ने कृषि मन्त्रालयले जनाएको छ ।

हाल सरकारसँग सात हजार नौ ८० मेट्रिक टन युरिया, ४२ हजार नौ सय ९३ मेट्रिक टन डीएपी र चार हजार ३२२ मेट्रिक टन पोटास मौज्दात रहेको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्