राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – रुपन्देही क्षेत्र नं. २ का सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्चाउन माग गर्दै रुपन्देहीका गठबन्धन दलहरुले निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएका छन्।

आयोगले नियोजित रुपमा गुरुङको उम्मेदवारी खारेज गरेको भन्दै उनीहरुले निर्णय सच्चाउन र निर्वाचन तालिका नै परिवर्तन गर्न आयोग समक्ष पत्र बुझाएको हो।

- Advertisement -
Ad image

गठबन्धनका दलहरुले निर्वाचन अधिकृत राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको निजी सचिवालयबाट काजमा आएकाले निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ भन्ने आशंका रहेकोसमेत जनाएका छन्। उनीहरुले गुरुङको उम्मेदवारी खारेजी नसच्याए त्यसको परिणामको जिम्मा निर्वाचन अधिकृतले नै लिनुपर्ने चेतावनी पनि दिएका छन्।

बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भए पनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको समाजवादीका नेताहरुले जनाएका छन्।

गुरुङ शेयर सदस्य रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको अदालतले जानकारी गराएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्