बारामा एकै परिवारका तीन जनाको शव फेला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरीले बताए ।

‘एकै परिवारका तीन जना मृत भेटिएका छन्, प्रहरी टोली पुगिसकेको छ ।’ उनले भने ‘म पनि घटना स्थलमा पुग्दैछु ।’ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ ।

- Advertisement -
Ad imageAd image

ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएका छन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्