काठमाडौँ – काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा आगोमा जलेर एक युवतीको मृत्यु भएको छ । घटनाको अनुसन्धानका क्रममा सोही होटेलका म्यानेजरसहित दुईजना पक्राउ परेका छन् ।
आगलागीमा परी २३ वर्षीया पवी खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले घटना यही असोज २४ गतेको भएको र २५ गते कीर्तिपुर अस्पतालमा उपचारका क्रममा युवतीको मृत्यु भएको खुलेको बताए ।
उनका अनुसार घटनाबारे प्रहरीलाई ढिलो जानकारी गराइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा युवतीको शरीरमा पेट्रोल छर्किएको खुलेको छ । घटनाबारे अनुसन्धान प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती युवती काठमाडौंको चाबेलमा बस्दै आएकी थिइन् । गएको सोमबार दिउँसो एक पुरुषसँग उक्त होटेलमा पुगेकी थिइन् । उनीहरूले होटेलमा कोठा लिएर बसेको खुलेको छ । कोठामा बसेको केही समयपछि युवतीको शरीरमा आगो लागेको पाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्