भीम रावलले भोलि पत्रकार सम्मेलन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक भीम रावलले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन् । ओलीले टिकट नदिएपछि पनि मौन बस्दै आएका रावलले टिकट नदिनुको कारण बिहीबार १ बजे कार्की बैंक्वटमा खोल्ने भएका हुन् ।

ओलीले अछाम–१ बाट रावललाई टिकट नदिएर झपट बोहोरालाई टिकट दिएका छन् । एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले आफ्नो आलोचक रावलाई टिकट नदिएर बोहरालाई टिकट दिएका हुन् ।

- Advertisement -
Ad image

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक भीम रावलले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन् । ओलीले टिकट नदिएपछि पनि मौन बस्दै आएका रावलले टिकट नदिनुको कारण बिहीबार १ बजे कार्की बैंक्वटमा खोल्ने भएका हुन् ।

ओलीले अछाम–१ बाट रावललाई टिकट नदिएर झपट बोहोरालाई टिकट दिएका छन् । एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले आफ्नो आलोचक रावलाई टिकट नदिएर बोहरालाई टिकट दिएका हुन् ।

नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज हुन् । अध्यक्ष ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसम्मत एकल सिफारिस गरेको थियो । दशबुँदे गरेर रावल सहित १० भाई माधव कुमार नेपालसमूहमा नगई एमालेमै बसेका थिए । रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्