प्रहरी हुँ भन्दै धम्क्याउने एक जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग्ने एकजना पक्राउ परेका छन्। विराटनगर– २ का रविन घिमिरलाई व्यापारीलाई धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो।

घिमिरेले विराटनगर–१५ स्थित एक नम्बर ढाटमा प्रहरीको हाकिम भन्दै रकम माग गर्ने गरेको गुनासो आएपछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

- Advertisement -
Ad image

उनका अनुसार पक्राउ परेका घिमिरेलाई इलाका प्रहरी कार्यालय रानीमार्फत जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहारमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्