नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर १ उम्मेदवार आधिकारिकता विवाद निर्वाचन आयोगले टुंग्याएको छ । अव, बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार सञ्जय गौतम कायम भएका छन् ।
नेपाली कांग्रेसबाट यो क्षेत्रमा निवर्तमान सांसद सञ्जय गौतम र जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरले उम्मेदवारी दर्ता गरेपछि आधिकारिकता बिबाद उत्पन्न भएको थियो।
अव राठौरको उम्मेदवारी खारेज भएको छ ।


प्रतिक्रिया दिनुहोस्