सत्ता गठबन्धन छोडेर एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टीका मन्त्रीहरूसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा मागेका छन् । जसपाबाट मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, मो.इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रसिंह यादव सँग राजीनामा मागिएको हो ।
आज बिहान भएको सत्ता गठबन्धनको बैठकमा जसपालाई सत्ता गठबन्धन र सरकारबाट हटाउने निर्णय भएको थियो ।
जसपाकाले भने आफूहरु सत्ता गठबन्धनमै रहेको र एमालेसँग आंशिक ठाउँमा चुनावी तालमेलमात्र गरेको भन्दै राजीनामा दिनेबारे नसोचेको जसपा श्रोतले बतायो ।
प्रधानमन्त्रीले स्पष्ट भाषामा राजीनामा नदिए बर्खास्त गर्ने बताएको प्रधानमन्त्री निकट श्रोतले बतायो । तर जसपा भने प्रधानमन्त्री चाहे हटाउनसक्ने तर आफै भने सरकार बाट नबाहिरिने सोचमा छ ।


प्रतिक्रिया दिनुहोस्