पार्टीले टिकट नदिएको विषयमा मैले कुनै प्रतिक्रिया दिएको छैन: भीम रावल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका नेता डा भीम रावलले आफूले पार्टीले टिकट नदिएको सम्बन्धमा अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बताएका छन । समाजिक सञ्जाल मार्फत उनले अहिलेसम्म टिकटको विषयमा कुनै प्रतिक्रिया नदिएको र उचित समयमा बोल्ने बताएका छन ।

उनले भनेका छन, ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।’

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्